Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनी मेडिकल कलेजको पाचाैँ तलाबाट हाम फाल्दा गंगा बहादुरको मृत्यु

लुम्बिनी मेडिकल कलेजको पाचाैँ तलाबाट हाम फाल्दा गंगा बहादुरको मृत्यु

  • 2.4K
    SHARES

  • लुम्बिनी मेडिकल कलेजको पाचाैँ तलाबाट हाम फाल्दा  गंगा बहादुरको मृत्यु

    बुटवल,बैसाख १४ ।

    पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजबाट हाम फालेर एकजनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमैको अस्पतालको छतबाट हाम फालेर मृत्यु भएको हो ।

    गत बैशाख ९ गते भाइको घर पाल्पा रामपुरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।

    लडेर घाइते भएका सोमैलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारका क्रममा रहेका सोमैले अस्पतालको पाचौं तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    प्रहरीका अनुसार हाम फालेका सोमैको घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology