Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एकिकृत समाजवादी : बुटवलमा गठबन्धन कायम गरि अन्य पालिकामा उम्मेद्वारी दर्ता

एकिकृत समाजवादी : बुटवलमा गठबन्धन कायम गरि अन्य पालिकामा उम्मेद्वारी दर्ता

  • 2.7K
    SHARES

  • एकिकृत समाजवादी : बुटवलमा गठबन्धन कायम गरि अन्य पालिकामा उम्मेद्वारी दर्ता

    बुटवल,बैशाख १४ ।

    नेकपा एकिकृत समाजावदीले बुटवल उपमहानगर सहित रुपन्देहीका १५ वटै  स्थानीय तहमा उम्मेद्वारी दर्ता गरेको छ । बुटवलमा पाँच दलीय गठबन्धनबाट उपप्रुमखमा चिनबहादुर गुरुङले उम्मेदवारी दिएका हुन । तर, अन्य पालिकाहरुमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरि समाजवादीले उम्म्द्वारी दिएको हो ।

    पार्टीका रुपन्देही अध्यक्ष राजु गुरुङले गठबन्धनमा आफूहरु इमान्दार रहेको तर, प्राविधिक कारणले गठबन्धन नभएका पालिकाहरुमा आफूहरुले उम्म्द्वार मनोनयन गरेको बताए ।  उनका अनुसार मेयर÷अध्यक्षमा ९, उपप्रमुख÷उपाध्यक्षमा ८ जनाको उम्मेद्वारी परेको छ ।

    समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिला नगरप्रमुखमा उठाएको छ । नगरप्रमुखमा आशाकुमारी चौधरी, उपप्रमुखमा संजिव भण्डारीले उम्म्द्वारी दिएका छन । त्यसैगरि देवदह नगरपालिकामा छवि भट्टराई, उपप्रमुखमा सरस्वती पोख्रेल, सिद्धार्थनगरमा प्रमुखमा कुलेन्द्र पुन, सैनामैना नगरप्रमुखमा देवराज पोख्रेलको उम्मेद्वारी परेको छ । त्यसैगरि लुम्बिनी साँस्कृतिक नगरपालिकामा सफिउर रहमान अन्सारीले उपप्रमुखमा उम्मेद्वारी दिएका छन ।

    समाजवादीले सम्मरीमाई गाउँपालिका अध्यक्षमा अशोक कमुार शुक्ला, उपाध्यक्षमा पवित्रा कुमारी निषाद, शुद्धोधन गाउँपालिका अध्यक्षमा केशव कुमार खड्का, उपाध्यक्षमा रिना हरिजन, कञ्चन गाउँपालिका अध्यक्षमा रामबहादुर विक, उपाध्यक्षमा पार्वती पौडेल ढकाल, सियारी गाउँपालिकामा श्रीराम यादव, मायादेवी गाउँपालिकामा कपिलमुनी यादवले उम्मेद्वारी मनोनयन गरेको जिल्ला सचिव अविराम विकले बताए ।

    उनका अनुसार १६ वटै स्थानीय तहमा वडाअध्यक्ष सहित सदस्यहरुको मनोनयन भएको छ । बुटवल उपमहानगरमा गठबन्धन कायम भएपनि अन्य पालिकामा एकिकृत समाजवादीले कतै एक्लै कतै माओवादी र जसपासँग गठबन्धन गरेको उपसचिव सरिता श्रीसले बताईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology