Logo बिहिवार, आश्विन १ गते २०८३
images

डा. बालकृष्ण चापागाईँले दिए बुटवल-४ को वडा सदस्यमा उम्मेदवारी

डा. बालकृष्ण चापागाईँले दिए बुटवल-४ को वडा सदस्यमा उम्मेदवारी

  • 2.4K
    SHARES

  • डा. बालकृष्ण चापागाईँले दिए  बुटवल-४ को वडा सदस्यमा उम्मेदवारी

    बुटवल,बैशाख १३ ।

    बुटवल उपमहानगरपालिकाको वडा सदस्यमा डा. बालकृष्ण चापागाईँले उम्मेदवारी दिएका छन् । मेयर पदको दाबी गर्दै आएका उनले सोमबार वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जसमेत रहेका चापागाईँले गठबन्धनबाट आफूले मेयर पद पाउनु पर्ने बताउँदै आएका थिए । नेकपा एमालेमा रहँदा समेत ०५४ तथा ०७४ सालमा बुटवलको मेयरका लागि दावेदारी गरेका थिए ।

    सोमबार मनोनयन दर्ताको अन्तिम समयमा साँझ साढे ५ बजे उनले बुटवलस्थित निर्वाचन कार्यालयमा बुटवल वडा नं ४ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।

    उनले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । चापागाईँ प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससको पूर्व कार्यकारी अध्यक्ष हुन् । आफ्नो वडाको, टोलको विकासमा ध्यान नदिने परम्परा तोड्न र पार्टीका उपस्थितिलाई समेत जोड्न मेरो उम्मेदवारी हो - चापागाईँले भने ।

    नेकपा एसलाई बुटवलको भागबन्डामा उपमेयर परेको थियो त्यो पदमा पार्टीले चीनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology