बुटवल,बैशाख १३ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २५ वर्षिया युवतीले उपप्रमुख (उपमेयर) मनोनयन गर्नुभएको छ । आसमा खातुन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
स्थानीय तहका बिभिन्न जिम्मेवारीमा अब युवा वर्ग पनि आउनुपर्छ भन्ने सोचका साथ आफू उम्मेदवार बनेको खातुनको भनाइ छ । नगरपालिकाको विकासको लागि आफ्नो योगदान हुन्छ भन्ने कुरामा विश्वस्त रहेको उहाको भनाइ छ ।
त्यस्तै जसपाबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा मात्रिका प्रसाद यादवले उम्मेदवारी दर्ता गर्नुभएको पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज मोहम्मद अलीले बताउनुभयो ।
यादव केहिदिन अघि नेपाली कांग्रेस परित्याग गरी जसपामा प्रवेश गर्नुभएको हो । यादव नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुनुहुन्थ्यो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)