Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलकाे सिद्धबाबा हस्पिटललाई १ सय बेडको बनाउने तयारी,उपर्युक्त जग्गाकाे खाेजी

बुटवलकाे सिद्धबाबा हस्पिटललाई १ सय बेडको बनाउने तयारी,उपर्युक्त जग्गाकाे खाेजी

  • 3.1K
    SHARES

  • बुटवलकाे सिद्धबाबा हस्पिटललाई १ सय बेडको बनाउने तयारी,उपर्युक्त जग्गाकाे खाेजी

    बुटवल,बैशाख १२।

    बुटवलमा रहेको सिद्धबाबा हस्पिटल  तथा रिसर्च सेन्टर प्रालिले स्ताराेन्नती गर्ने भएकाे छ । अबकाे आफ्नै जग्गामा १ बर्षमा १सय बेडको अस्पताल सञ्चालन गर्ने जनाएकाे छ ।

     स्थापना भएको पाँचाै बर्षप्रवेशको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा दिपेश प्रधानले अवको केही महिनामा जग्गा व्यवस्थापन काम सम्पन्न गरी आफ्नै भवनमा अस्पताल सञ्चालन हुने जानकारी दिए ।

    हाल बुटवलको सुख्खानगरमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै गर्दा अस्पताल सानो भएको भन्दै उनले योगीकुटी देखि मणिग्राम सम्मको क्षेत्रमा करिव १६ कठ्ठा क्षेत्रफल जग्गा व्यवस्थापन गरी अस्पताल सञ्चालनको तयारी गरिएको बताए ।
    यो क्षेत्रमा नीजि अस्पताल तथा क्लिनिकहरुमा भन्दा शुलभ दरमा सेवा प्रदान गर्दै आएको अस्पतालले ४ बर्षमा  ईमेरजेन्सी सेवा तर्फ ५ हजार २ सय ६२ जनालाई सेवा प्रदान गरेको छ । यस्तै  ओपिडीतर्फ ९० हजार २ सय ८३ जनालाई भन्दा बढिलाई सेवा प्रदान गरिएको अस्पतालका प्रबन्धक प्रकाश न्यौपानले जानकारी दिए ।

      अस्पतालको स्थापनाको अवसर पारेर अस्पतालमा  रहेका बिरामी हरूलाई फलफूल समेत बितरण गरिएको थियो । पाचौ बर्षमा प्रवेश गरेको अवसरमा ओपीडी तर्फ मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, दम, छाति तथा फोक्सोरोग विशेषज्ञ, स्नायु तथा मस्तिस्करोग विशेषज्ञ  १२ गते देखी १४ गते सम्म निःशुल्क  सेवा प्रदान समेत गर्ने भएको यहिा बैशाख १४गते  सम्म गने व्यवस्थापक न्यौपानले जानकारी दिए । अस्पतालमा हाल १२ प्रकार्को विशेषज्ञ सेवा सहित १४ प्रकृतिको अन्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले हाल ओपीडी तर्फ २ सय रुपैयाँ र ईमेरेजन्सी तर्फ ३  सय  ५० रुपैयाँ मात्रै सेवा शुल्क टिकट व्यवस्था गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology