बुटवल,बैसाख १२ ।
नेकपा एमालेले तिलोत्तमा ४ मा उम्मेदवारको टुंगो लगाएको छ । हरि क्षेत्रीलाई वडाअध्यक्ष बनाउने एमालेले निर्णय गरेको हो ।
बिष्णुपुर निवासी क्षेत्री समाजसेवी समेत हुन् । त्यस्तै सदस्यमा शंकर कपुर जिसी, रम्घा घिमिरे,गोबिन्द श्रेष्ठ र दलिल महिलामा हरिमाया नेपाली चुनावी मैदानमा छन् ।
उनीहरुले आज मनोनयन दर्ता गर्नेछन् । यो वडा अहिलेका मेयर बासुदेव घिमिरेको वडा समेत हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)