Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल ३ मा कांग्रेसका १सय ५ जनाले दिए राजीनामा

बुटवल ३ मा कांग्रेसका १सय ५ जनाले दिए राजीनामा

  • 4.4K
    SHARES

  • बुटवल ३ मा कांग्रेसका १सय ५ जनाले दिए राजीनामा

    बुटवल, बैशाख ११ ।

    देशकै राजनीतिको केन्द्र मानिने रुपन्देहीमा गठबन्धन पार्टीमा बिबाद उत्पन्न भईरहेको छ । मनोनयन दर्ताको पहिलो दिन आईतबार अबेर नेपाली काग्रेस पार्टी, वडा नंं ३ का १ सय ५ विभिन्न पार्टीका पदाधिकारी तथा सदस्यहरुले राजीनामा दिएका छन ।

    केन्द्रको भागबन्डाको क्रममा सो वडामा एकिकृत नेकपा माओबादीका बिष्णु ढकाललाई वडाअध्यक्ष दिने भएको भन्दै यसको बिरोधमा स्थानिय काग्रेसका सक्रिय पदाधिकारी तथा सदस्य कार्यकर्ताहरुले राजीनामा दिएका हुन ।

    वडामा बलियो उम्मेरबार मानिएका नेपाली काँग्रेस पार्टीका आनन्द भगत श्रेष्ठलाई पाखा लगाउदै गठबन्धनको नाममा अन्य पार्टीको उम्मेदबारलाई आफुहरुले भोट नहाल्ने उनिहरुको तर्क छ ।

    सामुहिक राजिनामा दिनेहरुमा क्षेत्रिय प्रतिनिधि प्रकाश गुरुङ, मनोज श्रेष्ठ, वडा सचिव अमृत खड्का, सहसचिव राजकुमार थापा लगायतका युवाहरु रहेका छन । यसअघि पनि क्षेत्रिय सभापतिसहित धेरैले राजीनामा दिएका थिए ।

    बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन लक्षित पाच दलका केन्द्रिय नेताहरुले गठबन्धनमार्फत टु‌ंगो लगाएको स्थानिय तहका उम्मेदबारीको देशभर बिरोध भएको छ । स्थानिय पार्टीका नेता, कार्यकर्ता यो गठबन्धनबाट सन्तुष्ट छैनन । धेरै ठाउमा गठबन्धनको बिरोध गर्दै पार्टीबाट राजीनामा दिने लहर चलेको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology