बुटवल,बैसाख ११ ।
तिलोत्तमा वडा नम्बर ७ का अपाङ्गता भएका व्यक्तिहरुका लागि वडा स्तरीय सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग र तिलोत्तमा वडा नम्बर ७ को अपांग सन्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा वडा नम्बर ७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले अपाङ्गता भएका व्यत्तिहरुको क्षमता बुझी अनुकुलता कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
सस्थाकी अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अपांगता भएका व्यत्ती तथा महिला अधिकारकर्मी साबित्रा घिमिरेले सहजीकरण गर्नु भएको थियो ।
वडाका विभिन्न अपांगता भएका व्यत्तिहरु र सरोकारवाला ब्यत्तिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)