Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य !

लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य !

  • 2.5K
    SHARES

  • लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य !

    बुटवल,बैसाख ११ ।

    १६ औँ लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्ले कार्ड प्रदर्शन गरेको छ । “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान सहित समाजले १६ औँ लोकतन्त्र दिवस मनाएको हाे  ।

    वुटवलको विपि चाेकमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले भ्रष्ट्राचार र कुशासन लाेकतन्त्रका शत्रु भएको बताए । लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको उनको भनाइ छ ।

    उनले परिवर्तनकारि शक्तिहरु एक ठाँउमा उभिएर उपलब्धिको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पूर्ण प्रेस स्वतन्त्रता बिना लाेकतन्त्र अधुरै रहने बताए  । साे अवसरमा रुपन्देही ब्यापार संघका उपाध्यक्ष दिपक अधिकारी, शान्ति समाज शाखा सभापति डिपी खनाल लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन समाजका सचिव कपिल ज्ञवालीले गरेका थिए । 

    सहभागिहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचन : भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता : प्रविधिमैत्री निर्वाचन, लोकतन्त्रको आधार : शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य, वैज्ञानिक शिक्षा : सबैको अधिकार, गुणस्तरीय स्वास्थ्य सेवा : सबैको अधिकार, लोकतान्त्रिक संस्कृति : अहिंसात्मक जीवनधारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    प्रदर्शनमा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल,केन्द्रिय सदस्य बिष्णु भुसाल,समाजका पूर्व जिल्ला सभापति हरिष ढकाल लगायत ३ दर्जन अधिकारकर्मीको सहभागिता रहेको थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology