Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी रेसुङ्गाको मेयरमा गठबन्धनबाट खिलध्वज पन्थी उम्मेदवार

गुल्मी रेसुङ्गाको मेयरमा गठबन्धनबाट खिलध्वज पन्थी उम्मेदवार

  • 3.3K
    SHARES

  • गुल्मी रेसुङ्गाको मेयरमा गठबन्धनबाट खिलध्वज पन्थी उम्मेदवार

    बुटवल,बैशाख ११ ।

    नेपाली काँग्रेसले गुल्मी रेसुङ्गा नगरपालिकाको प्रमुखमा खिलध्वज पन्थीलाई उम्मेदवार बनाएको छ । काँग्रेस गुल्मीका सभापति समेत रहेका पन्थी नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट उमेदवार बनेका हुन् ।

    बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा सभापति पन्थीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उमेदवार बनाएर पठाएको हो । पन्थी रेसुङ्गा नगरपालिका–६, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् ।

    साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा सभापतिमा बिजय भएका थिए ।

    नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकासँग जोडिएर काम गर्ने भएकोले आफु नगरपालिकामा बहुमतका साथ बिजयी हुने पन्थीले दाबी गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology