Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

  • 2.0K
    SHARES

  • आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै

    बुटवल,बैसाख ११ ।

    आज १६औँ लोकतन्त्र दिवस मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२-६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भइ लोकतन्त्र स्थापना भएको थियो ।

    सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ । 

    कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागत भन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology