Logo बिहिवार, आश्विन १ गते २०८३
images

५ वटा महानगरमा एमालेले टुंग्यायो उम्मेदवार,काठमाडौंमा स्थापितलाइ टिकट

५ वटा महानगरमा एमालेले टुंग्यायो उम्मेदवार,काठमाडौंमा स्थापितलाइ टिकट

  • 2.5K
    SHARES

  • ५ वटा महानगरमा एमालेले टुंग्यायो  उम्मेदवार,काठमाडौंमा स्थापितलाइ टिकट

    बुटवल,बैसाख ११ ।

    नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    एमाले सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महानगरको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।


    उपमेयरको टिकट पाएकी डंगोलले भने मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मिस नेवाः समेत रहेकी उनले चुनावी घोषणापत्र समेत सार्वजनिक गरेको अवस्थामा एमालेबाट उपमेयरको टिकट पाएकी हुन् ।


    ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाइएको छ ।पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

    भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेले उपमयरको उम्मेदवार टुंग्याएको छैन । 

    एमालेले वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ ।  एमालेले उपमेयर भने चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी लाई छाडेको छ ।

    धनगढीको मेष्रमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले टिकट पाएका छन् ।

    नेपालगञ्जमा पशुपतिदयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उमपेयरको उम्मेदवार बनाइएको छ ।

    तुलसीपुरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई टिकट दिएको एमालेले घोराहीको मेयरमा भने नरुलाल चौधरीलाई फेरि उम्मेदवार बनाएको छ । 

    एमालेले बुटवलको मेयरमा बाबुराम भट्टराइ र उपमेयरमा साबित्रादेवी अर्याल, हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाएको छ ।

    धरान उपमहानगरमा मञ्जु भण्डारीलाई मेयरको टिकट दिइएको छ । उनी वर्तमान उपमेयर हुन् । धरानको उपमेयरमा भने पदम लिम्बुलाई उम्मेदवार बनाएको एमालेले इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगिता चौधरीलाई टिकट दिएको छ ।

    एमाले सचिवालयले कलैया उपमहानगरको मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology