Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलाेत्तमामा उत्कृष्ट उद्यमी बनेकी भुषाललाई १ लाख नगद पुरस्कार

तिलाेत्तमामा उत्कृष्ट उद्यमी बनेकी भुषाललाई १ लाख नगद पुरस्कार

  • 5.7K
    SHARES

  • तिलाेत्तमामा उत्कृष्ट उद्यमी बनेकी भुषाललाई १ लाख नगद पुरस्कार

    बुटवल, बैशाख  १० ।

    रुपन्देहीको तिलोत्तमामा उत्कृष्ट उद्यमीको रुपमा मञ्जु भुषाल पुरस्कृत हुनुभएको छ । १ सय २५ जना उद्यमीहरुबाट उत्कृष्ट बन्दै स्थान प्राप्त गर्दै नवदुर्गा फुड ईण्डष्ट्रिजका सञ्चालक भुषाल १ लाख नगद रुपैयाँ सहित पुरस्कृत हुनुभएको हो।

    दायित्वको आयोजनामा  शनिवार भएको अन्तिम प्रतिष्पर्धामा निर्णयकको निर्णय, उद्यमीको प्रस्तुती,भोट तथा कार्ययोजना तथा संघर्ष लगायतका विषयबस्तुबाट उहा उत्कृष्ट बनेर पुरस्कार पाउनुभयो ।

    तिलोत्तमा नगरपालिकामा जारी दायित्व परियोजनाको ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम’ ले उद्यमी छनोट गरेको लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताउनुभयो ।

    उहाले ड्राई चाउमिन, सफ्ट चाउमीनको साथै चिकेन, भेज फ्रोजन मःम समेत उत्पादन गर्दै आउनुभएको छ । उहाँ आफै उद्योगी र मजदुरको रुपमा काम गर्दै आउनुभएको छ । उहाले सुरुवात गरेको उद्योग महिलाहरुको लागि समेत नमुना उद्योग हो ।

    दायित्व परियोजना प्रदेश संयोजक कमल थापाका अनुसार १ सय २५ जना बाट १० जना उत्कृष्ठ उद्यमी छनौट गरिएको थियो । जसको प्रस्तुतीकरण, कार्ययोजना सहित भावि उदेश्य, हाल गर्दै आएको कार्य बारेमा आ आफ्नो प्रस्तुती दिएका थिए । सोही अनुसार विषय विशेषज्ञको मुल्यांकन बाट भुषाल उत्कृष्ट चयन हुनुभयो । उहासंगै उत्कृष्ट दशजनामा कर्णमाया पुन, चक्र बहादुर खत्री, कमला कुवर केसी, गणेश पोखरेल, गुरु प्रसाद पंगेनी, दिलिप कुमार पुन, केशरी तरामु मगर, सुमित्रा थापा दगामी, कर्ण बहादुर विक छनौटमा परेका थिए ।

    उत्कृष्ट सहित उत्कृष्ठ १०मा पर्न सफल भएका उद्यमीहरुलाई नगरपालिका प्रमुख बासुदेव घिमिरे सहितका अतिथिहरुले पुरस्कार प्रदान गर्नुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, तिलोत्तमा वडा १४ का अध्यक्ष श्याम चौधरी, कृषि विकास बैंक बरिष्ठ अधिकृत प्रमुख उषा राना, सामुहिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवाली, न्यु ईन्भाईरमेन्ट स्कुलका प्राचार्य मधुप्रकाश ज्ञवाली लगायतले उद्यमी छनौटले सबैमा हौसला थपेको बताउनुभयो ।

    नेपाल बैंक लिमिटेड प्रदेश कार्यालय बुटवलका प्रमुख लेखनाथ भुषाल, कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सेटिनका प्रशिक्षण डम्बर पुन, तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख डोमलाल भुषाल, एआईविआई सिनियर प्रोग्राम अफिसर मुकुन्द्र ज्ञवाली लागयतले निर्णयकको भुमिका निर्वाह गर्नुभएको थियो । दायित्वले हरेक बर्ष १ जना उद्यमीलाइ नगद १ लाख सहित पुरस्कृत गर्ने गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology