स्याङ्गजा,वैशाख १० ।
स्याङ्जा कालीगण्डकीको विर्घामा रहेको मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच पुस्तकालयको स्तरोन्नतीका लागि ५२ लाख २४ हजार ८ सय ४६ रुपैयाको सम्झौता भएको छ ।
सम्झौता पत्रमा रीड नेपालको तर्फबाट उपनिर्देशक चिनकाजी श्रेष्ठ र पुस्तकालयको तर्फबाट व्यवस्थापन समितिकाअध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले हस्ताक्षर गर्नुभयो ।
उक्त क्षेत्रको नमूना पुस्तकालय र अध्ययनको उत्कृष्ट गन्तव्यबनाउने उद्धेश्यसहित स्थापनाभइरहेको पुस्तकालयको पहिलो चरणको भवननिर्माणको कार्य भर्खरै सम्पन्न भएको छ ।
पहिलो चरणमा पुस्तकालयको मुख्यभवन आठ महिनाभित्रमानिर्माण सम्पन्नगरिसक्नेगरी सम्झौताभएको थियो । कोभिड महामारी, वर्षायाम लगायतको अवरोधका बीचपनि सम्झौताबमोजिम नै निर्धारित समयमा नै भवननिर्माणको कार्य सम्पन्न भएको हो । भवन निर्माणका लागि जापान सरकार, शान्ती भोलुण्टियर एसोसिएसन र रिड नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
पहिलो चरणको सम्झौता बमोजिम उत्कृष्ट ढङगबाट कार्य सम्पन्नभएपश्चात दोस्रो चरणको सम्झौताभएको हो । दोस्रो चरणको सम्झौता बमोजिम जापान सरकार, शान्तीभोलुण्टियर एसोसिएसन र रीड नेपालले उक्त पुस्तकालयलाई भौतिक सामाग्री, पुस्तकहरु, साधनस्रोत, तालिमलगायतअन्यप्राविधिक सहयोगहरु उपलब्ध गराउनेछ । दोस्रो चरणको सम्झौता पुस्तकालयलाई आधुनिक, प्रविधिमैत्री र अध्ययनमूलकबनाउन महत्वपूर्ण हुने व्यवस्थापन समितिकाअध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
सम्झौतामा हस्ताक्षर गर्नुहुँदै रीड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले दोस्रो चरणको कार्य पनिपहिलो चरणकोजस्तै उत्कृष्ट ढङगले समयमा नै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । “पहिलो चरणको कार्यसम्पादनकालागियहाहरुलाई बधाई दिन चाहान्छु‘‘उहाँले थप्नुभयो “दोस्रो चरणको कार्य पनिनिर्धारित समयमा नै पूरा हुने आशालिएका छौं ।‘‘
सोहीअवसरमा व्यवस्थापन समितिकाअध्यक्ष पाण्डेयले पहिलो चरणको कार्यसम्पादनप्रतिकूल समयमा सम्पादन गर्नुपरेकाले आफूलाई चुनौती र अवसर दुबै प्राप्तभएको बताउनुभयो ।
चुनौतिकाबावजुतपनिपहिलो चरणको कार्यलाइनिर्धारित समयमा नै सम्पन्नगर्न सकेकोको खुसीव्यक्तगर्नुहुँदै उहाँले सहयोग गर्ने सवै पक्षमा आभार व्यक्तगर्नुभयो । “पुस्तकालयलाई भिजिटिङ सेण्टर मात्रै नभई सिकाईकालागि सेण्टर अफ एक्सेलेण्टका रुपमा विकास गर्ने हाम्रो लक्ष्यमाआजगरिएको दोस्रो चरणको सम्झौताकोशेढुङगा सावितहुनेछ‘‘ पाण्डेयले भन्नुभयो ।
गुणस्तर, आर्थिक पारदर्शिता, स्थानीय सहभागिता र सरोकारलाई पूर्णरुपमा पालनागर्दै पहिलो चरणको कार्य सम्पादन गरिएको चर्चा गर्नुहुँदै उहाँले आफूले हालसम्म सम्पादन गरेका सबै कामहरु मध्येमा उक्तकार्य सर्वाधिक चुनौतिपूर्ण महसुस गरेको उल्लेख गर्नुभयो ।
दुर्गम स्थानमा रहेको पुस्तकालय स्थानीयविकास र अध्ययनकालागि सबैको साझागन्तव्यहुने विश्वास व्यक्तगर्दै अध्यक्ष पाण्डेले दोस्रो चरणको कार्यसम्पादनकालागिपनिआफू पूर्ण इमान्दारिताका साथलागिपर्ने प्रण गर्नुभयो ।
पुस्तकालयको दिगो परियोजनातथा स्थानीयमहिलाहरुको जीवनस्तर र आर्थिक उपार्जन सुधारकालागिमहिलाहरुकै सहभागिता र नेतृत्वमा अब छिट्टैनै महिला सहकारी संचालनमा ल्याइने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पुस्तकालयका सस्थापक अध्यक्ष चण्डिका प्रसाद पाण्डे, सल्लाहकारहरु डिल्लीराज पाण्डे, पशुपति पाण्डे, पूर्व सचिव टेकराज भट्टराईले पुस्तकालयको स्थापनाकालदेखि हालसम्मको अवस्थाका बारेमाआफ्नो विचार व्यक्तगर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)