बुटवल बैशाख १० ।
स्थानिय तहको निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् ।
२०३६ सालमा तत्कालिन विद्यार्थी नेता सुनिल श्रेष्ठको हातबाट सदस्यता लिएर लोकतान्त्रिक धारको राजनीतिमा होमिएका भण्डारी अहिलेसम्म सकृय राजनिती संगै समाजसेवामा होमिएका छन् ।
२०४२ सालमा नेविसंघ गुल्मीको सदस्यमा रहेका उनी २०५० सालमा रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०५२ सालमा भएको नेविसंघको सातौं महाधिवेशनमा सभापति बनेका भण्डारी २०५८ सालमा केन्द्रीय उपाध्यक्ष बनेका थिए ।
नेपाली कांग्रेसको दशौं महाधिवेशन देखि चौधौंसम्म उनी अनवरत महाधिवेशनमा निर्वाचित भएका थिए ।
नेपाल रेडक्रस सोसाइटी देखि विभिन्न सामाजिक संघ संस्था मार्फत समाजसेवामा होमिएका भण्डारी त्यस भेगमा चर्चित छन् । जसरी यस अघिको नेतृत्वले धुर्कोटको हितका निम्ति देश तथा बिदेशमा चिनायो आफूले पनि कमी हुन नदिने र विकासलाई अझ बढी तिब्रता दिने कुरा अध्यक्ष पदका प्रत्याशी भण्डारीले बताए ।
सत्तारुढ दलको शुक्रबार सम्पन्न बैठलले भण्डारीलाई सर्वसम्मत गाउँपालिका अध्यक्षमा सिफारिस गरेको हो भने उपप्रमुखमा अझै टुंगो लागेको छैन ।
आफुले सत्तारुढ दलबाट टिकट नपाएपछी रुष्ट भएका अहिलेका पालिका प्रमुख भुपाल पोख्रेललाई एमालेले आफ्नो प्रमुखको पद खाली राखेर स्वतन्त्र भएर उठ्न आग्रह गरेको स्रोतले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)