Logo बिहिवार, आश्विन १ गते २०८३
images

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालद्वारा पदबाट राजीनामा

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालद्वारा पदबाट राजीनामा

  • 2.0K
    SHARES

  • भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालद्वारा पदबाट राजीनामा

    चितवन,वैशाख ९ ।

    चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिनुभएको हो ।

    भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दाहालको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो ।

    निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दाहालले राजीनामा दिनुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology