Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको उपमेयरमा समाजवादीबाट चीनबहादुर गुरुङ उम्मेदवार

बुटवलको उपमेयरमा समाजवादीबाट चीनबहादुर गुरुङ उम्मेदवार

  • 2.3K
    SHARES

  • बुटवलको उपमेयरमा समाजवादीबाट चीनबहादुर गुरुङ उम्मेदवार

    बुटवल,वैशाख ९  ।

    नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयर उम्मेदवारमा चीनबहादुर गुरुङलाई उम्मेदवार सिफारिस गरेको छ ।

    सम्बन्धित पालिकाबाट एकल नाम सर्वसम्मत सिफारिस भएर आएको र प्रदेशले केन्द्रमा पठाएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले बताए ।

    बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्वअध्यक्ष समेत हुन् । 

    बुटवलमा मेयर कांग्रेसको भागमा परेको छ ।

    लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology