बुटवल,बैसाख ९ ।
आजदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो ।
परीक्षा ५ लाख १४ हजारभन्दा धेरै परीक्षार्थीहरु छन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।
सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी छन् ।एसईईमा सबैभन्दा बढी काठमाडौंमा ३६ हजार र सबैभन्दा कम मनाङमा २९ जना परीक्षार्थीहरु रहेको एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)