Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘महिलाको नेतृत्व स्थापित गर्न आवश्यक ’

‘महिलाको नेतृत्व स्थापित गर्न आवश्यक ’

  • 1.8K
    SHARES

  • ‘महिलाको नेतृत्व स्थापित गर्न आवश्यक ’

    बुटवल, बैशाख ८ ।

    निर्वाचनमा महिला नेतृत्व स्थापित गर्न र समानुपातिक महिला सहभागीताको  लागि सबैले साझा प्रतिवद्धता जाएर गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।  

    बुटवलमा आयोजना गरिएको स्थानिय निर्वाचनः महिला समानुपातिक तथा समावेशी सहभागीताको आवश्यकता अवसर  चुनौति’ विषयक प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले संविधान  प्रद्धत अधिकारलाई राजनीतिक दलका गठबन्धनले आँच पु¥याएको भन्दै यसमा विशेष ख्याल गर्न आग्रह गरेका हुन ।

    ओरेक नेपाल, गाउँपालिका  महासंघ, अकोराव लगायतका संघ संस्थाको संयुक्त आयोजानमा बुटवलमा भएको अन्तरक्रियामा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा एमालेका लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले  चुनावमा संविधान  प्रद्धत अधिकारलाई स्थापित गर्नको लागि आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने बताए । उनले विभिन्न गठबन्धनको नाममा महिला सहभागीता, दलित महिला सहभागीता सहित अल्पसंख्य र यौनिक तथा लैंगीङ्ग अल्प संख्यकलाई पाखा लगाउने काम गर्नु आफैमा नाजायज भएको बताए ।

    अन्तरक्रिया कार्यक्रममा नेकपा एकिकृत समाजबादीका प्रदेश अध्यक्ष मेटमणी चौधरी,  नेपाली काग्रेसका प्रदेश कोषाध्यक्ष प्रकाश राना, जनता समावादीका आशोक यादव, लोकतान्त्री समाजवादीका महेन्द्र गुप्ता लगायतको सहभागीता रहेको थियो ।
    महिला मानवअधिकार रक्षक सञ्जाल रुपन्देहीका संयोजक हेमा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिक समुह लुम्बिनीका  अध्यक्ष अमृता पाण्डेले सञ्चालन गरेकी थिईन ।

    कार्यक्रममा गाउँपालिका महासंघ नेपालका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले ‘स्थानिय सरकार सञ्चालनमा महिलाहरुको समतामुलक समावेशी प्रतिनिधित्व र नेतृत्वको वर्तमान आवस्था तथा चुनौतिको ’विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  
    कार्यक्रममा गैसस महासंघ, महिला मानवअधिकार रक्षक सञ्जाल, गाउँपालिका तथा नरपालिका उप प्रमुख, किशोरी सञ्जाल, यौनिक तथा लैंगीङ्ग अल्प संख्यक समुदाय, अपाङ्गता महासंघ लगायतको प्रतिनिधित्व मुलक सहभागीता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology