Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

शान्तिको कामना गर्दै आर्थिक अनुसन्धान केन्द्रले मनायो वार्षिकोत्सव

शान्तिको कामना गर्दै आर्थिक अनुसन्धान केन्द्रले मनायो वार्षिकोत्सव

  • 1.4K
    SHARES

  • शान्तिको कामना गर्दै आर्थिक अनुसन्धान केन्द्रले मनायो वार्षिकोत्सव

    बुटवल,बैसाख ८।

    लुम्बिनी प्रदेश कार्यक्षेत्र रहने गरी स्थापना भएको आर्थिक अनुसनधान केन्द्रले शान्तिको कामना गर्दै आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । गैरसरकारी, नाफारहित सामाजिक सस्थाको रुपमा स्थापित संस्थाले विश्व शान्तिको कामना गर्दै बुटवलको कालिकानगर कालिका चौकमा शान्ति दिप प्रज्जवलन गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल बुटवलका महासचिव प्राज्ञ दिपक ढकालले संस्थाले शान्तिको क्षेत्रमा देखाएको तत्परताको प्रशंसा गरे । उनले समुन्नत विश्व निर्माणका लागि सबै नागरिकहरु आर्थिक, सामाजिक रुपले सचेत हुँदै मानव समुदाय लगायत सबैको हितमा लाग्नु पर्ने बताए ।

    प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले स्थापनाको पहिलो वर्षमा नै लुम्बिनी प्रदेशमा संस्थाले ख्याती कमाएको भन्दै लुम्बिनी प्रदेशको समृद्धिमा मात्रै नभई नेपालकै समृद्धिका लागि सरकारलाई मार्ग निर्देश गर्न आर्थिक अनुसन्धान केन्द्र सक्षम रहेको बताए ।

    यसैगरी शैक्षिक व्यक्तित्व मोहन भट्टराईले सस्थाको प्रगतिको कामना गर्दै आगामी दिनहरुमा विद्यार्थीहरुलाई पनि अनुसन्धानमुलक कार्यमा जोड्न आग्रह गरे । यो सस्था लुम्बिनी प्रदेशका लागि मात्रै नभई समग्र देशकै नमुना सस्थाका रुपमा  परिचित हुने विश्वासका आधारहरु सिर्जना भएको उनले बताए ।

    कार्यक्रममा संस्थाका अध्यक्ष हुमराज भुसालले संस्था स्थापनाको उद्देश्य र हालसम् मगर्दै आएको कार्यहरुका बारेमा प्रकाश पारेका थिए । आर्थिक अनुसन्धान केन्द्रले आगामी वर्ष देखि नियमितरूपमा अर्थ क्षेत्रमा सक्रिय अनुसन्धानमुलक लेख प्रकाशन गर्ने लेखकलाई सम्मान समेत गर्ने उनले जानकारी दिए ।

    त्यस अवसरमा कार्यक्रम संयोजक भोजराज पंगेनी, उपाध्यक्ष प्रशान्त रावललगायतले पनि बोलेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology