बुटवल,कात्तिक ३-
अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको ‘परदेशीको स्वास्नी’ आजै मात्रै सार्बजनिक भएको छ ।
बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने शर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ ।
बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् , भिडियोमा हाम्रै समाजमा देखिएको बास्तबिक घटनालाइ चित्रण गरिएको छ भने बिदेशी भूमिमा रगत पसिना बगाएर काम गर्ने श्रीमानको श्रीमती यता अर्कैसंग पल्किएपछि निम्तिने दुर्घटनालाई दर्दनाक रुपमा प्रस्तुत गरिएको छ ।
दया गुरु, बिना राना, किशु गुरुङ, अर्जुन, कृष्ण लगाएतका कलाकारको अभिनय रहेको भिडियोमा सगुन शर्मा र सिमा भुसालले श्रीङ्गार गरेकी छन् , अविरल फिल्म्सको युटुब देखि गीत सार्बजनिक हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)