Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज बुटवलमा राप्रपाको आमसभा,अध्यक्ष बनेपछि लिङदेन पहिलाेपटक बुटवलमा

आज बुटवलमा राप्रपाको आमसभा,अध्यक्ष बनेपछि लिङदेन पहिलाेपटक बुटवलमा

  • 4.2K
    SHARES

  • आज बुटवलमा राप्रपाको आमसभा,अध्यक्ष बनेपछि लिङदेन पहिलाेपटक बुटवलमा

    बुटवल, बैशाख ८ ।

    बुटवलमा आज राप्रपाले आमसभा गर्दैछ । राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा आम सभा हुन लागेको हाे । 
    आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताए । पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएपछिको बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए ।

    साे अवसरमा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको उनले बताए । एमाले छाडेर एक नेता आजै आमसभामा राप्रपा प्रवेश गर्ने र उनलाइ बुटवलको मेयर बनाउने तयारी समेत राप्रपाको छ ।

    राप्रपामा अधिकांश युवा नेतृत्वमा आउदा आकर्षक बढेको दाबी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टीको रुपमा रहेको उनले दाबी गरे ।  भष्ट्राचारले किलो गाडेको दुखेसो गर्दै उनले राप्रपा नेतृत्व परिवर्तन गरेको हुदा पनि आम जनमानसमा लोकप्रियता बढेको बताए । ।

    पार्टीले हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र भष्ट्राचारबाट देश आक्रान्त भएकाले यसको न्युनिकरण जस्ता प्रमुख एजेन्डा लिएर अघि बढेको उनले बताए । कार्यक्रम १२ बजे गाेलपार्कमा शुरु हुने नगर अध्यक्ष निरजप्रताप राणाले  बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology