बुटवल,बैसाख ७ ।
गृहमन्त्री बालकृष्ण खांणले पांचदलीय गठबन्धन कायमै रहने बताउनुभएको छ । अहिलेको सरकार गठबन्धनबाट नै निर्माण भएको स्मरण गर्दै उहांले नेपाली कांग्रेस गठबन्धनकै पक्षमा रहने उल्लेख गर्नुभयो ।
बुधबार गृहजिल्ला रुपन्देही आउनुभएका मन्त्री खांणले निवासमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समयमै हुने धारणा राख्नुभयो ।
उहाले भन्नुभयो– ‘अब पनि निर्वाचन हुदैन भन्ने कुनै सवाल नै रहेन,निर्वाचन समयमै हुन्छ,हामी स्वच्छ,निश्पक्ष निर्वाचन गराउंछौं,यसमा सरकार प्रतिबद्ध छ ।’
बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय नेपाली कांग्रेसको केन्द्रिय समितिले पनि गरिसकेको र महाधिवेशनबाट पास भएको भन्दै उंहाले अब यसलाइ कार्यान्वयनको दिशामा लैजानुपर्ने उहाको भनाइ छ ।
दलहरुसंग सहमति ,सहकार्य र सहयात्रा हुनेछ ,हामी यसमा प्रतिबद्ध छौं,सबै प्रतिबद्ध हुनुपर्छ । उहाले भन्नुभयो ।
गृहमन्त्री खांणले यसपटक एकै दिनमा देशभर निर्वाचन हुने भएकाले शान्ति सुरक्षाका लागि सरकारले रणनीति बनाएको बताउनुभयो ।
आवश्यकताका आधारमा आकाशबाट हवाई गस्ती गर्ने भन्दै उहाले नेपाली सेनाको हेलिकप्टर ,निजी क्षेत्रको हेलिकप्टर पनि प्रयोग गरेर भएपनि अनुगमन र निरिक्षण गर्ने उहाको भनाइ छ ।यो पटकको निर्वाचनमा नयांदलहरु पनि भाग लिने भन्दै उहाले विप्लव नेतृत्वको नेकपासंग पनि चुनावमा सहभागिताबारे चरणबद्ध छलफल भैसरहेको बताउनुभयो ।
दल दर्ता,चुनाव चिन्ह,स्वतन्त्र उम्मेदवारी कसरी सहभागिता गरांउन मिल्छ त्यसैगरि सहागिता गराइने र यसका लागि निर्वाचन आयोग पनि सकारात्मक रहेको उहाको भनाइ छ ।फरक प्रशंगमा गृहमन्त्री खांणले राष्ट्र बैंकको पुर्न गर्भनरको जिम्मेवारी सम्हाल्नुभएका महाप्रसाद अधिकारीबारेको न्यायपालिकाको निर्णयको स्वागतै गर्ने उल्लेख गर्नुभयो ।
कांग्रेसका प्रभावशाली नेता समेत रहनुभएका खांणले गठबन्धनको बिरोध गर्नुको औचित्य नहुनेभन्दै सबैलाई पार्टीको अनुशासनमा बस्न आग्रह गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)