बुटवल,वैशाख ७ ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का निवर्तमान सभापति मात्रिका प्रसाद यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उमेद्वार छनोट तथा सिफारिस गर्दा एकलौटी रुपमा भएकोप्रति असुन्तुष्टि जनाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको उम्मेदवारको आकांक्षी रहेका यादवले बुधबार पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका छन् । उनी संस्थापनइतर पक्ष मानिन्छन् ।
सिद्धार्थनगरबाट मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि हचुवाको भरमा एक जनाको मात्र नाम सिफारिस गर्नु गलत भएको उनले बताए ।
गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । त्यस्तै पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा उम्मेदवार भइ पराजित भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)