Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थनगरको मेयर : कांग्रेसबाट इस्तियाक अहमद खान उम्मेदवार 

सिद्धार्थनगरको मेयर : कांग्रेसबाट इस्तियाक अहमद खान उम्मेदवार 

  • 3.5K
    SHARES

  • सिद्धार्थनगरको मेयर : कांग्रेसबाट इस्तियाक अहमद खान उम्मेदवार 

    बुटवल,बैशाख ६  ।


    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ ।  उहांको नाम पार्टीले उम्मेद्वार सिफारिस गरेको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खांणले  जानकारी दिनुभयो ।

    उम्मेदवार खांन  केही वर्ष अघि राप्रपामा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खांणले बताउनुभयो ।

    यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ । 

    भने राप्रपाले भने पूर्व मेयर सागरप्रताप राणाको नाम लगभग फाइनल नै गरेको छ  तर घोषणा भने गरेको छैन ।
    खानले निर्वाचन जित्ने प्रशस्तै आधार भएकाले टिकट दिइएको  काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिष बहादुर खड्काले जानकारी दिनुभयो  ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology