Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

द कन्सेप्टमा लाइभ विथ लिजेण्ड,१९७४ एडी ब्याण्डले तहल्का पिट्ने

द कन्सेप्टमा लाइभ विथ लिजेण्ड,१९७४ एडी ब्याण्डले तहल्का पिट्ने

  • 6.1K
    SHARES

  • द कन्सेप्टमा लाइभ विथ लिजेण्ड,१९७४ एडी ब्याण्डले तहल्का पिट्ने

    बुटवल,बैसाख ५ ।

    नेपालको चर्चित ब्याण्ड १९७४ एडीले बुटवलमा प्रस्तुती दिने भएको छ । एएमई ग्रुप प्रालिको आयोजनामा ‘लाइभ विद लिजेण्ड फिट १९७४ एडी’ म्यूजिकल जर्नी अन्तर्गत ब्याण्डले बुटवलस्थित द कन्सेप्ट क्लबमा आगामी शुक्रबार प्रस्तुती गर्दैछ ।

    शुक्रबार राति बुटवलमा हुने कार्यक्रममा व्याण्डले आफ्ना चर्चित गीत गुराँसै फुल्यो‘,सम्बोधन‘, परेलीमा लुकाई राखन‘,छुँदैन तिम्रो मायाले‘,जति माया लाए पनि ‘,यो मन त मेरो नेपाली‘।पहिलो जूनिमा‘,चौबन्दी चोली‘ लगाएत करिब २ दर्जन गीत प्रस्तुत गर्ने द लाइभ विद लिजेण्ड यात्राका म्यानेजर अनुप प्रधानले बताए ।

    द लाइभ विद लिजेण्डको पहिलो संस्करण भएको बताउँदै कार्यक्रममा २० वर्ष भन्दा पुराना व्याण्डहरुलाई समेट्दै आगामी वर्षहरुमा पनि देशव्यापी प्रस्तुतीलाई निरन्तरता दिने म्यानेजर बरालले बताए । पहिलो संस्करणमा पुरानो र चर्चित ब्याण्ड १९७४ एडी रोजाइमा परेको बताउँदै पहिलो प्रस्तुती काठमाण्डौंमा भइसकेको उनले बताए ।

    ‘नेपालका पुराना तथा चर्चित व्याण्डहरुको प्रस्तुती देशव्यापी रुपमा दिने उद्देश्यका साथ एएमई ग्रुपले ‘द लाइभ विद लिजेण्ड’ सुरुवात गरेको छ । जस अन्तर्गत पहिलो प्रस्तुती काठमाण्डौंमा भएको छ । बुटवलस्थित द कन्सेप्ट क्लबमा आगामी शुक्रबार हुने प्रस्तुती दोस्रो हो । त्यसैगरी शनिबार पोखरामा हुँदैछ ।

    शुक्रबार हुने प्रस्तुतीका लागि तयारी तिव्र रहेको द कन्सेप्ट पव एण्ड क्लबका निर्देशक अतित थापाले बताए । उनले भने ‘हामीले बुटवलमा राष्ट्रिय स्तरका अधिकांश व्याण्ड र कलाकारमार्फत प्रस्तुती गराइसकेका छौं । यो हालसम्मकै ठूलो व्याण्ड हो । १९७४ एडी व्याण्डको प्रस्तुती हुनु हाम्रो लागि गर्वको विषय र कार्यक्रमलाई सफल बनाउनु दुबै महत्वपूर्ण हुन् ।

    कार्यक्रममा ७ सय बढी संगीतप्रेमीहरुलाई सहभागिता गराउने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम रहेको र पहिल्यै बुकिङमा रु एक हजार लाग्ने र सोही दिन क्लबबाटै लिए रु १५ सय लाग्ने उनले बताए ।

    लाइभ म्यूजिक र व्याण्ड प्रस्तुतीका लागि बुटवलको चर्चित क्लब , द कन्सेप्टले कोरोना महामारीपछि आफ्नो संरचना र डेकोरेशन परिपर्वन पनि गरेको बताउँदै पुनः सञ्चालनको जानकारी दिन पनि वृहत कार्यक्रम आयोजना गरिएको उनले बताए ।

    ५० देखि ८० सम्मको दशकमा निकै सक्रिय र चर्चा कमाउन सफल १९७४ एडी ब्याण्डका मेन भोकलिष्ट फिराेज स्यानेदेन रएड्रिन प्रधान हुन् । उनीहरुका लाखौं फ्यानहरु रहेका छन् । त्यसैगरी व्याण्डमा बाँसुरीमा मनोज सिंह रहेका छन् । उनी अन्तराष्ट्रिय ग्रामी अवार्ड प्राप्त गर्ने पहिलो कलाकार हुन् ।

    त्यसैगरी व्याण्डमा मनोज केसी गितारमा,निराकर याकथुमबा बेसमा ,सञ्जय श्रेष्ठ ड्रममा लगायत रहेका छन् । कोरोना महामारीपछि नेपालमा सञ्चालित यो कार्यक्रम ठूलो रहेको बताउँदै उत्साहजनक सहभागिता रहेको र बुटवलमा पनि भव्य रुपमा सफल हुने कार्यक्रमका म्यानेजर अनुप प्रधानले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology