बुटवल,बैशाख ४ ।
ख्रिस्टियन समाज बुटवलको आयोजनामा इस्टर सन्डेको उपलक्ष्यमा मोटरसाइकल र्याली सम्पन्न भएको छ। बुटवल योगीकुटीबाट सुरु भएको र्याली बुटवल बजार परिक्रमा गरि लक्ष्मीनगरगेटमा समापन गरिएको थियोे ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य बिनोद पहाडीले धार्मिक स्वतन्त्रता नागरिकको मौलिक हक भएको बताउनुभयो । उहाँले नेपालको संविधानले धर्म निरपेक्ष्ता को ग्यारेन्टी गरेकोले आफ्नो अधिकारलाई जागरुक भएर लाग्नु पर्नेकुरा बताउनुभयो ।
लुम्बिनी खिस्टियन समाजका अध्यक्ष चित्र गुरुङले प्रभु इशुको पुर्नउत्थान भएको दिन इस्ट्र सन्डे पबित्र दिन भएको बताउनुभयाे । पास्टर गजेन्द्र शर्मा ढकाल मुक्ति पौडेल हरि रेग्मी बाबुराम बस्नेत बिजय गौतम लगायतले सम्बोधन गर्नुभएको थियोे ।
इस्टर सन्डे प्रभु इशुको पुनर्जीवन भएको दिन भएकाले इसाई समुदायले दिवसका रूपमा मनाउने चलन रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)