Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

स्याङ्जा वालिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

स्याङ्जा वालिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • स्याङ्जा वालिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    स्याङ्जा,बैसाख ४ ।

    स्याङ्जाको वालिङ १२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

    २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ ।

    उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए । थप विवरण भने आउन बाँकी छ ।

    गाडी खरबारीमा चिलाउनेको रुखमा अड्किएको छ ।

    मृतकको पहिचान खुल्याे :

    दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, वर्ष ४५ की हीराकुमार डाला, २५ वर्षकी सर्मिला सारु, उहाँका सात महिनाको छोरा गौरव सारु र वालिङ नगरपालिका १४ की वर्ष ६१ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।
     दुर्घटनामा परी पाँच जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।  

    दुर्घटनामा परी गम्भीर घाईते भएका छ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । घाइते छ जनालाई नै उपचारका लागि पोखरा पठाइएको छ । 

     दुर्घटनामा परी गम्भीर घाइते हुनेमा अन्दाजी वर्ष ६० वर्षका अङ्गबहादुर डाला, ५५ का जिप चालक दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नवीना सारु रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology