Logo बिहिवार, आश्विन १ गते २०८३
images

तनहुँमा जोशी समूह र एमालेबीच चुनावी तालमेल गर्ने सहमति

तनहुँमा जोशी समूह र एमालेबीच चुनावी तालमेल गर्ने सहमति

  • 3.0K
    SHARES

  • तनहुँमा जोशी समूह र एमालेबीच चुनावी तालमेल गर्ने सहमति

    काठमाडौं,वैशाख ४ । 

    नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरूबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति जुटेको हो । 

    जोशीका छोरा दीपकराजले तनहुँका पालिकाहरूमा एमालेसँग तालमेल गर्ने सहमति भएको जानकारी दिएका छन् । एमालेसँग मिलेर तनहुँका सबै पालिकामा साझा उम्मेदवार बनाउने सहमति भएको उनको भनाइ छ ।

    तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना गरी आठ सदस्यीय चुनाव परिचालन समिति समेत गठन गरिएको छ । दीपकराजले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

    तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो । पौडेल त्यसबेला एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।

    श्रेष्ठ अहिले एकीकृत समाजवादी पार्टीका तर्फबाट श्रममन्त्री छन् । जोशी समूह र एमालेबीच हुने चुनावी तालमेलले तनहुँमा नेपाली का‌ंग्रेससहित सत्ता गठबन्धनलाई संकट पर्ने सक्ने आकलन गरिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology