बुटवल,बैसाख ३ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्थाको पुन स्थापनाको सम्भावना बन्द भएको बताएका छन। राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकोले अब राजसस्था पुनःस्थापना नहुने बताएका हुन।
बुटवलमा पत्रकारहरुसंग संक्षिप्त्त कुराकानी गर्दै अध्यक्ष थापाले राप्रपाले राजसस्था पुनस्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना भएको बताए।
उनले राप्रपामा सैद्धान्तिक बिचलन र गलत प्रवृत्ती हावी भएपछी नयाँ पार्टी पुनर्जागृत गरेको बताएका छन। आफू पार्टिमा रहेको १५ वर्षमा कमाएको आम्दानिमा अहिलेको राप्रपा रमाएको थापाले बताए।
उनले आफुलाई धनी बाउको संज्ञा दिदै बाउको खर्चमा रमाएको बताए। उनले भने, ‘अहिले राप्रपाको चहलपहल धनी बाउले कमाईदिएको मा रजगज गरेको हो। हामिले कमाइदिएको पुजिमा अहिलेको साथिहरु रमाउनु भयो। उनले पार्टिमा कमाउन सक्ने कोहि नभएको बताउदै उनले भने, आर्जन गर्ने क्षमता गर्ने छ जस्तो लाग्दैन। पुजि सकिएपछि आफ्नो स्थानमा आउनु हुन्छ।’
उनले राप्रपा पछि राप्रपा नेपालमा समाहित हुने पनि बताए। अहिले पनि आफूले बनाएको पार्टिमा नयाँ टिम आएजस्तै राप्रपा नेपालमा समाहित हुने बताए। थापाले पार्टी स्थापनाको २ महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टिगत संरचना निर्माण भएको बताउदै उनले आधा दर्जन बढी भातृसंगठन निर्माण रहेको बताए। राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र सुशासनको एजेन्डा लिएर अगाडि बढेको उनको भनाइ छ ।
आशन्न स्थानिय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउनेछ’,उनले भने ‘राप्रपा नेपालले चुनाबमा भाग लिनेछ, यो पटक हाम्रो पार्टिको पहिलो निर्वाचन भएकोले यसमा हाम्रो ठूलो महत्वाकांक्षा र अपेक्षा छैन । सम्मानजनक उपस्थिति र पार्टिले खुट्टा टेक्ने ठाउँ बनाउने छ।’ उनले राप्रपा नेपालको उपस्थिति हेरेर जिल्ला कमिटिले आफ्नो दाबी गर्ने बताउदै यति स्थान पाउने भन्ने निर्णय नभएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)