Logo बिहिवार, आश्विन १ गते २०८३
images

अस्पताल बोलपत्र विवाद : मुख्यमन्त्रीको कुनै संग्लनता नरहेको छानविन समितिको प्रतिवेदन

अस्पताल बोलपत्र विवाद : मुख्यमन्त्रीको कुनै संग्लनता नरहेको छानविन समितिको प्रतिवेदन

  • 2.4K
    SHARES

  • अस्पताल बोलपत्र विवाद : मुख्यमन्त्रीको कुनै संग्लनता नरहेको छानविन समितिको प्रतिवेदन

    बुटवल,बैशाख २ ।

    लुम्बिनी प्रादेशिक अस्पताल  भवनको बोलपत्र विवादमा मुख्यमन्त्री कूल प्रसाद केसीको कुनै संग्लनता नरहेको छानविन समितिले निष्र्कष निकालेको छ ।

    अस्पतालको नयाँ भवन ठेक्का प्रकरणमा मिलिमतो भएको  भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका  प्रमुख कार्यकारी अधिकृतबाट इन्जिनियर अन्नतराज  घिमिरेले एकाएक टेन्डर रद्द गर्दै चैत १४ गते पदबाट राजीनामा दिँएपछि मुख्यमन्त्री केसी विवादमा तानिनु भएको थियो । प्राधिकरणको अध्यक्ष मुख्यमन्त्री रहने ब्यवस्था छ ।  त्यस विषयमा छानवीन गर्नका लागि मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गर्र्दै प्राधिकरणलाई १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको थियो ।

    आज छानवनी समितिले प्राधिकरणका अध्यक्ष तथा मुख्यमन्त्री केसी समक्ष प्रतिवेदन पेश गरेको छ । छानवीनका क्रममा बोलपत्र आह्वानदेखि बोलपत्र रद्धसँग सम्बन्धि विषय , बोलपत्र आह्वान गर्ने र बोलपत्रमा उल्लेखित योग्यता, मापदण्ड निर्धारण , विवादको कारण र सुझाबका आधारमा गरिएको छानविन समितिका संयोजक श्रीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

    छानविनको क्रममा मुख्यमन्त्री केसीको कुनै संग्लनता नरहेको र मुख्यमन्त्रीलाई बिवादमा तान्नको लागि तत्कालिन सिईयोले मिटिङ्ग माईन्युटलाई फेरबदल गर्ने , तिथीमिति सच्चाउने काम गरेको भेटिएको उँहाले जानकारी दिनुभयो ।

    प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशकले आफ्नो पदिय आचरण अनुकुल काम नगर्दा प्रदेश गौरबको आयोजना विवादमा पर्न गएको र पूर्वाधार विकास प्राधिकिरण प्रति समेत प्रश्न खडा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।   विधि प्रकृया विपरित खरिद प्रकृया ,खारेजी गर्ने कार्य भएकाले सैद्धान्तिक मात्र नभएर  अपराध अनुसन्धानको विषय रहेको प्रतिवेदनमा बताईएको छ । सिईयोलाई छानविनको लागि पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको छानविन समितिले जनाएको छ ।

    यस्तै मुख्यमन्त्री तथा प्राधिकरणका अध्यक्ष कूलप्रसाद केसीले अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामा विवाद आएपछि तत्कालिन सिईयो अन्नतराज घिमिरे लाई राजिनामा दिन लगाएको जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology