Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पा  रैनादेवीमा बस दुर्घटना हुँदा एक बालकसहित दुइ जनाको मृत्यु

पाल्पा  रैनादेवीमा बस दुर्घटना हुँदा एक बालकसहित दुइ जनाको मृत्यु

  • 1.9K
    SHARES

  • पाल्पा  रैनादेवीमा बस दुर्घटना हुँदा एक बालकसहित दुइ जनाको मृत्यु

    पाल्पा,वैशाख २

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवामा बस दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक बालक सहित दुइ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

    शुक्रबार दिउँसो ग १ ख ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठातर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हाे ।  दुर्घटनामा परि गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारू र ८ वर्षका एक बालको ज्यान गएको छ ।

    प्रहरी चौकी बल्ढेङगढीका असइ शिव कुमार यादवले बस दुर्घटनामा परेको पुष्टी गर्दा ६ जनालाइ नै पाल्पा जिल्ला सदरमुकाम तानसेनतर्फ पठाइएको बताए । उनले ४ जना चल्ने अवस्थामा रहेको र अन्य दुइको अवस्था अस्पताललेमात्र पुष्टि गर्ने बताए ।

    बसमा सवार ६ जना एकै परिवारका व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology