Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

जितेश्वरी सामुदायिक वनको अध्यक्षमा गंगाबहादुर केसी

जितेश्वरी सामुदायिक वनको अध्यक्षमा गंगाबहादुर केसी

  • 1.9K
    SHARES

  • जितेश्वरी सामुदायिक वनको अध्यक्षमा गंगाबहादुर केसी

    बुटवल,चैत २ ।

    जितेश्वरी सामुदायिक वन उपभोक्ता समिति बुटवल १३ मा  पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नवनिर्वाचित समितिको पदस्थापन भएको हो ।

    समितिको अध्यक्षमा गंगाबहादुर केसी चयन भएका छन् । जसकोे उपाध्यक्षमा शेरबहादुर गुरुङ र नृतन गुरुङ, सचिवमा रिता घिमिरे, कोषाध्यक्षमा नमकला बेल्वासे र सहसचिवमा कमलप्रसाद खनाल चयन भएका छन् ।

    समितिको सदस्यमा फुलमाया राना, पार्वती सुनार, नगेन्द्र पुन, लालबहादुर गुरुङ, गोबिन्द सुनार, कृष्णबहादुर पुन मगर, बालकुमारी रेग्मी, पूर्णकला भण्डारी, शुशिला घिमिरे, नविन थापा, नरसि थापा, लोलराज पौडेल, बिष्णु थापा, भण्डारिनी देवी चौधरी, कृष्णबहादुर श्रीस, सोमबहादुर थापा, गंगाराम ढकाल, जनक गौतम, भिमा कुमारी दंगाल, श्यामप्रसाद बस्याल, इन्द्र बहादुर खत्री र झविलाल शर्मा चयन भएका छन् ।

    साथै लेखा समिति संयोजकमा तारा गौडेल चयन भएका छन् भने सदस्यमा जित बहादुर राना र विष्णु कुमारी शर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    निधारित समयमा सबै पदमा एकल उम्मेद्वारी परे पछि समितिको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो । पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष  केसीले सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology