Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले लिए सपथ

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले लिए सपथ

  • 3.4K
    SHARES

  • लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले लिए सपथ

    बुटवल,बैशाख २ ।

    लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेलले सपथ ग्रहण गरेका छन् ।  प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि नयाँ सिइओ नियुक्त गरेको हो ।

    साे अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिनका लागि नव नियुक्त प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेललाई निर्देशन दिएका छन् । 

    चैत्र २५ गतेको मन्त्री परिषद्को बैठकबाट नियुक्त गरिएका प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेलको सपथ ग्रहण कार्यक्रममा बाेल्दै मुख्यमन्त्री केसीले प्राधिकरण कार्यालयले जसरी भए पनि राजधानीको गुरुयोजना निर्माण भई सकेकोले त्यसलाई पूर्णता दिनका लागि निर्देशन दिएका हुन् । 

    नव नियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठान जिल्ला ओखरकोट निवासी हुन्। उनी लामो समयमा सरकारको यस क्षेत्रमा काम गर्दै आएका छन् ।  सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology