Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपाल प्रो क्लब च्याम्पियनसिप : रुपन्देही ११ र मलेशिया ११ फाइनलमा

नेपाल प्रो क्लब च्याम्पियनसिप : रुपन्देही ११ र मलेशिया ११ फाइनलमा

  • 1.5K
    SHARES

  • नेपाल प्रो क्लब च्याम्पियनसिप : रुपन्देही ११  र मलेशिया  ११ फाइनलमा

     बुटवल,वैशाख १ ।

    नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा रुपन्देही एघार र मलेशिया एघार भिड्ने भएका छन् ।

    आज भएको पहिलो सेमिफाइनलमा भारतको उत्तर प्रदेशलाई मलेशियाले १४ रनले पराजित गर्यो । मौषमका कारण भिजेको खेल मैदान सुक्न समय लागेपछि निर्धारित २० ओभरको खेललाई छोट्याएर पाँच ओभरमा झारिएको थियो । पहिले व्याटिङ गरेको मलेशियाले तीन विकेटको क्षतीमा ४४ रन बनायो ।

    उसकालागि सहेद अजिजले २३ तथा भिरन्दिप सिंहले २० रन जोडे । राज यादवले तीन विकेट लिए । ४५ रनको लक्ष्य पछ्याएको उत्तर प्रदेश चार विकेटको क्षतीमा मात्र ३० रन बनाउन सक्यो । सुभम चौधरीले सर्वाधिक ११ रन बनाए । भिरन्दिप सिंहले दुई विकेट लिए । 

    अर्को सेमिफाइलमा रुपन्देहीले नेपाल आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो । पहिले व्याटिङ गरेको आर्मी १९ ओभर चार बलमा अलआउट हुँदै मात्र एक सय तीन रन बनाउन सक्यो । उत्कृष्ट फर्ममा रहेका रोहित पौडेलले ३६ रन बनाए । हरि चौहानले १७ तथा राजेश पुलामीले १३ रन जोडे पनि अन्य खेलाडी सस्तैमा प्याभिलियन फर्किए । चार खेलाडी रन आउट हुन पुगे । बसिर अहमद र रुपेश कुर्मीले दुई–दुई विकेट तथा विक्रम भुषाल र कृष्ण कार्कीले एक–एक विकेट लिए । जबाफी व्याटिङ गरेको रुपन्देहीले १५ बल बाँकी छँदा लक्ष्य पूरा गर्यो ।

    बसिर अहमदले दुई छक्का र चार चौकाको मद्दतले ४५ जोडे । सन्दिप रजालीले १९, बिशाल विक्रम केसीले १३ र सौरभ खनालले दश रन जोड्दै टिमलाई जित दिलाए । विक्रम सोबले तीन विकेट लिए । भोली पहिलो खेल तेस्रो स्थानकालागि सेमिफाइनलमा हारेका टिमकाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल समूह चरणमा तेस्रो भएका टिमबीच प्रतिस्पर्धा हुनेछ ।   
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology