Logo बुधवार, श्रावण १३ गते २०८३
images

सिद्धार्थनगर भैरहवाको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

सिद्धार्थनगर भैरहवाको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

  • 4.3K
    SHARES

  • सिद्धार्थनगर भैरहवाको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

    भैरहवा,चैत्र ३० ।

    रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेबाट मेयरमा आठ जना नाम सिफारिस गरिएको छ । नगर सचिव नारायण प्रसाद भण्डारीले आकांक्षी आठ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको बताए । 

    भरत कुमार पोखरेल, नारायण प्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्र प्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुन कुमार गिरी र हालका मेयर हरि प्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ । 

    पोखरेल एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य हुन् ।  भण्डारी भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष हुन् । उनी उद्योग व्यापार संगठन रुपन्देहीका निर्वतमान अध्यक्ष हुन् । 

    हितराज पन्थी एमाले रुपन्देहीका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हुन् । डा. बस्याल यसअघिको निर्वाचनमा पनि मेयरको उम्मेदवार बन्ने चर्चा भए पनि पछि हरि प्रसाद अधिकारी उम्मेदवार बनेका थिए ।

    राजेन्द्र पन्थी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । अर्याल एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य हुन् । उनले तत्कालिन नेकपा सिद्धार्थनगरको सचिवको जिम्मेवारी सम्हालेका थिए । गिरी एमाले सिद्धार्थनगरका उपाध्यक्ष हुन् । अधिकारी हालका नगरप्रमुख तथा एमाले जिल्ला सचिवालय सदस्य हुन् ।

    उपमेयरमा भने तीन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको नगर सचिव भण्डारीले जानकारी दिए । अधिकारी र काफ्ले एमाले जिल्ला सदस्य हुन् । खनाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

    गत स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगरकी उपप्रमुख उमा काफ्ले एमालेबाट निर्वाचित भए पनि अहिले नेकपा एकीकृत समाजवादीमा छिन् । 

    यी पनि पढाैँ:-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology