Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

न्यु ईयर फेस्टसहित बुटवलमा डान्स रुपन्देही डान्सको पहिलो सिजन हुँदै

न्यु ईयर फेस्टसहित बुटवलमा डान्स रुपन्देही डान्सको पहिलो सिजन हुँदै

  • 2.5K
    SHARES

  • न्यु ईयर फेस्टसहित बुटवलमा  डान्स रुपन्देही डान्सको पहिलो सिजन हुँदै

    बुटवल,चैत्र २९।

    जय मातादी एम्युज्मेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा डान्स रुपन्देही डान्सको पहिलो सिजन हुने भएको छ। नेपाली नया वर्ष २०७९ मा नया वर्ष विशेष कार्यक्रम सहित पहिलो सिजन हुन लागेको आयोजकले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनाएका छन् ।

    प्रालिका प्रवन्ध निर्देशक राजबिर जैशवालले चैत ३० गतेदेखी  ३ बैशाख २०७९  गरि ४ दिन कार्यक्रम गरिने जानकारी दिए। उनले ४ दिन दिउसोमा डान्स रुपन्देही डान्सको अडिसनहरु हुने र रातिमा कन्सर्ट हुने बताए। डान्स रुपन्देही डान्स सञ्चालन गर्ने अघिल्ला वर्षहरुमा तयारी भए सञ्चालन हुन नसकेकोले यो पटक ४ दिनभित्र सक्नेगरी पहिलो सिजन कार्यक्रम गर्न लागेको बताए ।

    प्रथम हुनेलाइ नगद ३० हजार, द्वितीयलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना पुरस्कार ५ हजार प्रदान गरिनेछ।

    लुम्बिनीज न्यु ईयर फेस्ट २०७९ अन्तरगत दिउसो २ बजेपछि डान्स रुपन्देही डान्सको कार्यक्रम र रातिमा कन्सर्ट सञ्चालन हुने उनले जानकारी दिए।

    कार्यक्रमको पहिलो दिन चैत ३० गते डान्स रुपन्देही डान्सको शुभारम्भ संगै चर्चित शनिश श्रेष्ठ, डिजे मारियो,अर्जुन कौशल तथा बैशाख १ गते र्‍यापर डङजि, गायक रमेश भट्टराई, डिजे बिक्की, बैशाख २ गते र्‍यापर बालेन,रामजी खाड, डिजे पङ्चिवो तथा बैशाख ३ गते र्‍यापर माईला, डिजे प्रमिस, कबिजी, डि ट्युन्स र डान्स रुपन्देही डान्सको फाईनल हुने आयोजकले जनाएको छ।कार्यक्रम अवधी ४ दिन नै रशियाका डान्सरको प्रस्तुति रहने उनले जानकारी दिए।
    १ सय रुपैया टिकट शुल्क रहेको बताउदै उनले उद्घाटन सत्रमा ४ बजेसम्म प्रवेश गर्नेलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ।

    प्रतियोगितामा ४५ जनाले अडिसनमा सहभागी रहेको बताउदै उनले कार्यक्रम सञ्चालन गर्नको लागि १४ लाख खर्च हुने बताए। कार्यक्रमबाट आएको आम्दानी सामाजिक क्षेत्रमा खर्च गर्ने बताए।

    प्रालिले सञ्चालन गर्ने योजना गरेकोलुम्बिनी अवार्ड सो कार्यक्रम हुन नसकेको बताउदै  यो कार्यक्रम जेठ पहिलो वा दोस्रो साता हुने उनले बताए।

    कार्यक्रममा उद्योग व्यापार संघ बुटवलका सचिव यमलाल मरासिनी,नृत्य निर्देशक संघ रुपन्देही अध्यक्ष सुन्दर गुरुङ, कलाकार दिपु मगर लगायतले बोलेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology