Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

नेवाः पुच नेवा सेवा समिति रुपन्देहीको २३ औं बार्षिक उत्सव

नेवाः पुच नेवा सेवा समिति रुपन्देहीको २३ औं बार्षिक उत्सव

  • 3.4K
    SHARES

  • नेवाः पुच नेवा सेवा समिति रुपन्देहीको २३ औं बार्षिक उत्सव

    बुटवल,चैत २८ । 

    नेवाः पुच नेवा सेवा समिति रुपन्देहीको २३ औं बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाईएको छ ।बार्षिक उत्सव कार्यक्रममा क्यालेण्डर बिमोचन तथा भवन निर्माणका दाताहरुलाई सम्मान गरिएको छ ।

    बुटवल र यस आसपासका क्षेत्रमा रहेको नेवार समुदायलाई संगठीत गर्ने उद्देश्यले २०५६ साल चैत्र २७ गते दिन नेवाः पुचको गठन भएको थियो ।

    वार्षिक उत्सव कार्यक्रममो बोल्ने वक्ताहरु नेवाः पुचले नेवारी भाषा, संस्कृतिको सम्बर्धन संगै सामाजिक क्षेत्रमा पनि सहभागीता जनाएको बताए । उनीहरुले संस्कृति बचाउनका लागि भाषाको महत्व रहने उल्लेख गद्रै जानी नजानी मातृभाषा बोल्न छाड्न नहुनेमा जोड दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै आदीबासी जनजाती मंहासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा मगरले देशको प्रधानमन्त्री भइसकेका व्यक्ति एमाले अध्यक्षले शहिद लखन थापालाई अपमान गरेर देशभरीका आदीवासी जनजातीको मन दु्खाएको गुनासो गरे । उनले राज्यमा बसेकाहरुले आदीबासी जनजातीलाई सधैं हेला गर्ने गरेको समेत बताए ।

    इतिहासकार विमलबहादुर शाक्यले समुदाय र जातीको संस्कृति बचाउन भाषाको ठूलो महत्व रहने बताउँदै जतिआउँछ त्यती मात्र भएपनि मातृभाषा बोल्न समुदायलाई आग्रह गरे । 

    पुचका अध्यक्ष काजिमान श्रेष्ठले जिम्मेवारीमा बस्नेहरुले समुदायबाट पाएको जिम्मेवारी पुरा गर्नु पर्ने बताए । पदीय जिम्मेवारी लिएपछि सक्रिय भएर काम गर्न पदाधिकारीहरुलाई उनले आग्रह गरे ।

    कार्यक्रममा सम्दायबाट लायन्स क्लवमा डिस्ट्रिक बी टु को उच्च पदमा पुग्न सफल भएको भन्दै लायन अजुनमान सैजुलाई सम्मान गरिएको थियो । नेवा पुचको भवन बनाउन आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology