Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप २२ जनामा कोरोना संक्रमण पुष्टि,४६ जना निको

थप २२ जनामा कोरोना संक्रमण पुष्टि,४६ जना निको

  • 2.0K
    SHARES

  • थप २२ जनामा कोरोना संक्रमण पुष्टि,४६ जना निको

    बुटवल,चैत २८ ।

    पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दामा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

    तर यहि अवधिमा कसैको पनि मृत्‍यु भएको छैन ।पछिल्लो २४ घण्टामा कोरोनाबाट ४६ जना निको भएका छन् भने हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । 

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७३३ जना पुगेको छ । नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology