क्यालिफोर्निया,चैत्र २६ अमेरिका।
अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा शनिवार नेपाल डे परेड हुने भएको छ । आईटी क्षेत्रमा विश्वकै हबको रुपमा चिनिएको सानफ्रान्सिस्को शहरमा नेपाली पहिचान झल्कने गरी नेपाल डे परेडको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
गैर आवासीय नेपाली संघ, अमेरिका वेष्टकोष्ट रिजन र एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजनमा क्यालिफोर्नियाका रहेका नेपाली सम्बद्व संघसंस्थाहरुसंगको सहकार्यमा नेपाली नया“ वर्षको उपलक्ष्यमा सान् फ्रान्सिस्कोमा अप्रिल तारीख शनिबार परेड गर्न लागिएको छ । नेपाल डे परेडको आवश्यक तयारी पुरा भएको समेत आयोजकले जानकारी दिएका छन् ।
परेडमा अमेरिकाका विभिन्न राज्यहरूबाट र क्यालिफोर्निया राज्यका विभिन्न सहरहरूबाट सहभागिता रहने आयोजक मूल समितिका संयोजक एवं गैर आवासीय नेपाली संघ, अमेरिकाका पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापाले जानकारी दिए । बाहिरबाट आउनुहुने पाहुनाहरूका लागी सान् फ्रान्सिस्को फाईनान्सियल डिस्ट्रिक्टमा रहेको होटेल हिलटनमा सुलभ मूल्यमा कोठाहरू बुकिङ गरिएको र विमानस्थलबाट पिक अप र ड्रप अफको समेत व्यवस्था गरिएको कार्यक्रमका हस्पिटालिटि एण्ड म्यानेजमेन्ट संयोजक रवि सिंह बस्नेतलाई उद्दृत गर्दै मुल आयोजक समितिका मिडिया संयोजक उत्तम धमलाले जानकारी गराएका छन् ।
विभिन्न संघ संस्थाहरूले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झा“की र भेषभुषा सहित परेडमा सहभागी हुने परेडको संघ संस्था संयोजन समितिका संयोजक उत्तम कार्र्कीले जानकारी दिए ।
सोही सा“झ सान् फ्रान्सिस्कोकै युनाइटेड आइरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । उक्त कार्यक्रममा भोइस अफ नेपाल सिजन थ्रीकाका विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका सङ्गीता थापा मगर, गायक उदय भट्टराई लगायत अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयाँलले बताए ।
परेडको आयोजना, नेपाल चिनाउने एउटा अवसर पनि भएकाले सबैको सक्रिय सहभागिता रहने विश्वास आफूहरुले गरेको मुल आयोजक समितिका नारायण पोखरेलले बताए ।
कार्यक्रममा ५० जना भन्दा बढी स्वयंसेवकहरूको व्यवस्था आयोजकले गरेको छ । स्वयंसेवकहरूले दुवै कार्यक्रमलाई भव्य र सभ्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्वयंसेवक परिचालन समितिका संयोजक एवं एनआरएनए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष प्रेमराज केसीले जानकारी दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)