Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै

७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै

  • 1.9K
    SHARES

  • ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै

    बुटवल,चैत्र २५ ।

    नेपालमा आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले बताए  । दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । 

    खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए ।  केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै  सुरु भएको हो । 

    नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology