Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलबाट ५७ किलोमिटरको ‘राइड टु रानीमहल’ शुरु

बुटवलबाट ५७ किलोमिटरको ‘राइड टु रानीमहल’ शुरु

  • 5.2K
    SHARES

  • बुटवलबाट ५७ किलोमिटरको ‘राइड टु रानीमहल’ शुरु

    बुटवल,चैत्र २४ ।

    मोटर स्पोर्टसस‌ंगै पर्यटनको सम्भावनालाइ उजागर गर्न बुटवलबाट राइड टु रानीमहल शुरु भएको छ । नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा)लुम्बिनी  प्रदेशको आयोजनामा राइड टु रानीमहल शुरु भएको हाे ।

    राइड टु रानीमहल मोटर टुरिजम र रोड सेफ्टीका लागी आयोजना गरिएको नासा लुम्बिनी प्रदेशका संयोजक निरज गौतमले नागरिक अनलाइनलाइ  जानकारी दिए । अब बुटवलमा पनि मोटर रेसिङ ट्रयाक निर्माण गर्नुपर्ने उनले बताए ।

    बिहिबार बिहान बुटवलबाट ३५ वटा माेटरसाइकलमा ७० जना रानीमहल प्रस्थान गरेका हुन् । बुटवलबाट रानीमहल  ५७ किलोमिटर रहेको छ ।

    पहाडी जिल्लाहरुमा मोटर स्पोर्टसको सम्भावनाहरुलाइ थप उजागर गर्नुपर्छ,रानीमहलमा जारी बिच भलिवललाई पनि सपोर्ट गर्छौं उनले भने ।

    बिहिबार रानीमहल पुगेर टोली शुक्रबार फर्कने सचिव शिशिर भण्डारीले जानकारी दिए । साे कार्यक्रमको मोटर हेड बाईक्स नेपाल मुख्य प्रायोजन गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology