बुटवल,चैत्र २३ ।
नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिका वडा न १२ को वडाध्यक्षमा डिल्लीप्रसाद शर्मालाई उठाउने भएको छ । शर्माको नाम सर्वसहमत पारित भएको हाे ।
२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बुटवलमा पनि पाँच दलले गठबन्धन गरेका छन् । पार्टीले उम्मेदवार बनाउने निर्णयपछि नागरिक अनलाइनसंग कुराकानी गर्दै उनले आफ्नो निर्बाचन क्षेत्रमा जनताको सेवा गर्ने बताए ।
उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनले सबैको मन जितेर निर्वाचनमा होमिने भन्दै पुरानाे पुस्ता र नयाँ युवापुस्ता राजनीतिमा संगै लैजानुपर्ने बताए ।
युवाहरुलाई परिचालन गर्ने टोल-टोलमा सकृय कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने बताए । उनले बुटवल १२ मात्रै नभइ सिंगो रुपन्देहीमा यसपटक कांग्रेस बिजयी हुने पक्का रहेको दाबी गरे ।
जनताको सेवा गर्ने र ढाँटछलको राजनीति नगर्ने उनको प्रतिबद्धता छ । उनी सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् ।
टियुबाट एमविए अध्ययन गरेका उनी राजनैतिक तथा सामाजिक कृयाकलापमा सक्रिय ब्याक्ति हुन् ।
उनी २०३६/०३७मा नेवि संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा ईकाई सचिव भएर राजनीति थालेका हुन् ।
उनले नेपाल सरकारकाे संस्थान तर्फ अधिकृत स्तर र लिमिटेड कम्पनीमा मुख्य प्रबन्धक२०४८ देखि २०५९ सम्म काम गरे । उनी नेपाली काङ्ग्रेस बुथ समिती बुटवल १४ हाल १२ २०६० देखी २०६९ सम्म सभापति भए । शर्मा नेपाली काङ्ग्रेस क्षेत्र नं ४ हाल २ काे क्षेत्रिय सदस्य भए भने मुक्तिनाथधाम नयाँगाउ बुटवल १२ काे संस्थापक अध्यक्ष समेत भएर काम गरे ।
उनी नयाँगाउ माध्यमिक विध्यालय मा २०६० देखि २०६३ सम्म अध्यक्ष भए ।
यसबाहेक उनले कार्यकारी सदस्य उद्दाेग बाणिज्य संघ बुटवल २०६२ देखि २०६४ एबं सास्कृतिक संयाेजक आैधागिक ब्यपार मेला २०६३ अध्यक्ष नयाँगाउ खानेपानी उपभाेक्ता तथा सरसफाई संस्था बुटवल १२ , २०७३ देखि २०७६ सम्म
,केन्द्रीय सदस्य नेपाली काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभाग २०७७ देखि
,केन्द्रीय सदस्य तथा संस्कृती बिभाग संयाेजक नेपाल प्रजातान्त्रीक महासंघ २०७६ देखि , केन्द्रीय सह काेषाध्यक्ष विश्व हिन्दु महासंघ राष्ट्रिय समिती नेपाल २०७७ देखि,केन्द्रीय सदस्य धाैलागिरी समाज नेपाल २०७६ देखि ,अध्यक्ष मुक्तिनाथ सेवा समिती नेपाल २०७७ देखि , सह अध्यक्ष तथा अध्यक्ष लुम्विनी प्रदेस गण्डकी सभ्यता बचाउ महाअभियान नेपाल छन् भने तथा विभिन्न ९ वटा संस्थामा आजिवन सदस्य एबं धेरै संघ संस्थामा सल्लाहकारकाे भुमिकामा रहेकाे उनले नागरिक अनलाइनलाइ बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)