बुटवल,चैत्र २२ ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीको सिद्धार्थनगर नगरपालीकामा स्थानीयतह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने घोषणा गरेका छन् ।
भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावीतालमेलको आवश्यकता ठहर गर्दै सो को लागीनगर र बडामा संयन्त्र गठन गरी बडातह सम्मनै तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस नगर सभापति कोशीस बहादुर खड्काको सभापत्विमा बसेको सत्ता साझेदार दलहरु नेकपा समाजबादी, एकीकृत नेकपामा ओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) र राष्ट्रि जनमोर्चाको नगर स्तरीय सयुक्त बैठकले चुुनावी संयन्त्र निमार्ण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको हो ।
बैठक पछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओबादी केन्द्रकानगर ईन्चार्ज फैज अहमदखाँन, नेकपाएकीकृत समाजबादीकानगर अध्यक्ष रामबहादुुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुुन जय सवाल र राष्ट्रिय जनमोर्चाकानगर अध्यक्ष नेत्र आचार्यद्धारा जारी सयुुक्त बिज्ञप्तीमा गठबन्धनमा आवद्ध दलहरु बिच गठबन्धनको मर्म र भावनाअनुुरुप एक आपसमा सम्मान र हार्दीकताको बिकास गर्दै लगी स्थानीयतहको निर्वाचनमा सयुुक्त रुपमा सहभागीहुुने उल्लेख छ ।
त्यस्तै सिद्धार्थ नगर नगरपालीकाका सवै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिवअनिल केसीले जानकारी दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)