बुटवल, २० चैत ।
लुम्विनी टोस्टमास्टरस् क्लवले बुटवलमा डिम्बासयको क्यान्सर, चुनौती, जटिलता र ब्यवस्थापन सम्वन्धि बुटवलमा एक दिने प्यानल डिस्कशन कार्यक्रम गरेको छ ।
पछिल्लो समय अन्य मानव अंगको क्यान्सर जस्तै महिलाको डिम्बासयको क्यान्सर पनि जटिल बन्दै गएको भन्दै लुम्विनी टोस्टमास्टरस् क्लवले सरोकारवालासँग प्यानल डिस्कशन कार्यक्रम गरेको हो ।
लुम्विनी टोस्टमास्टरस् क्लवका अध्यक्ष तथा मडुरेटर डाक्टर शान्ता शर्माको अध्यक्षता तथा एरिया डाईरेक्टर फर ओफोर एण्ड इभ्यालुशन फर प्यालन डिस्कशन विराज प्रधानको आतिथ्यतामा भएको कार्यक्रममा डिम्बासयको क्यान्सर, यसको सुरुवात, रोकथाम र उपचारका बारेमा प्यानल डिस्कशन गरिएको थियो ।
प्यानल डिस्कशनमा सहभागि बनेका सरोकारवालाले डिम्बासयको क्यान्सर गुपचुप (साईलेन्स किलर) का रुपमा रहने भएकाले यसको रोकथामका लागि महिलाआफै सचेत रहनु पर्ने र नियमित स्वास्थ्य परीक्षण गराउनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग विशेषज्ञ डाक्टर शिला अधिकारी क्षेत्री, युसिएमएस भैरहवाका पुर्व प्रिन्सिपल तथा एनेस्थेसिओलोजिस्ट डाक्टर लक्ष्मी पाठक, देवदह मेडिकल कलेजका अर्थाेपेडिक सर्जन डाक्टर जयराज शर्मा, जनरलपिजिसियन डाक्टर महेशराज घिमिरे, मनोचिकित्सक डाक्टर विक्रम काफ्ले, फरेन्सिक मेडिसिन डाक्टर अहाना श्रेष्ठ लगायतले डिम्बासयको क्यान्सर जटिल बन्दै गएको उल्लेख गर्दै यसको बारेमा सचेतना र स्वास्थ्य परीक्षणमा जोड दिनु पर्ने बताउनुभयो ।
डिम्बासयको क्यान्सर पेटको ग्याष्टिक र कब्जियत जस्तो प्रकारको हुने भएकाले ३५ वर्ष उमेर पुगेका महिलाले पेटमा नियमित समस्या देखिएमा डिम्बासयको संक्रमण बारे परीक्षण गराउनु र चिकित्सकसँगको परामर्शमा रहनु पर्ने सुझाव दिनु भएको थियो ।
कार्यक्रममा लुम्विनी टोस्टमास्टरस् क्लवका टिएमओई शिव गुरुङ्ग, सेक्रेटरी शर्मिला गुरुङ्ग, टेजेरर सुमित्रा भट्टराई, एसएए जीवन गैरे, भाईसप्रसिडेन्ट एजुकेशन रविन्द्र घिमिरे, भाईसप्रसिडेन्ट मेम्बरसिप सृष्टि गुरुङ्ग, जिई स्नेहलता राउत थापा, टिएम नविन पहारी, टिएम मनु गिरी, टिएम विशाल जोशि लगायतले महिलामा देखिने स्तन, पाठेघरको क्यान्सरभन्दा जटिल हुने भएकाले यसबारे सचेत हुनुनै उक्तम हुने बताउनु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)