Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तिलोत्तमा बहुउद्देश्यीय बिकास परिषद बुटवलको अध्यक्षमा रायमाझी चयन

तिलोत्तमा बहुउद्देश्यीय बिकास परिषद बुटवलको अध्यक्षमा रायमाझी चयन

  • 2.1K
    SHARES

  • तिलोत्तमा बहुउद्देश्यीय बिकास परिषद बुटवलको अध्यक्षमा रायमाझी चयन

    बुटवल,चैत १९ ।

    तिलोत्तमा बहुउद्देश्यीय बिकास परिषद बुटवल ३ को तेस्रो साधारणसभा तथा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले नारायणबहादुर रायमाझीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

    जसको उपाध्यक्षमा शिवप्रसाद शेरचन, सचिबमा कमलराज ढुङ्गाना ,कोषाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ , सहसचिब नारायण देवि नेपाल चयन भएका छन । यस्तै सदस्यहरुमा लिला प्रसाद श्रेष्ठ, दिलिप कुमार कार्की, बासुदेव श्रेष्ठ, नारायण बहादुर राना भाँट , हरि बहादुर कुँवर क्षेत्री , राजु श्रेष्ठ, हिमकुमारी राना चयन भएको निर्वाचन अधिकृत लोक कुमार कार्कीले जानकारी दिनुभयो ।

    कार्यबाहक अध्यक्ष नारायण बहादुर रायमाझिको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै उँहाले परिषदको जग्गामा ब्याडमिन्टन कोटलाई पुर्णता दिँदै सुखदुखमा प्रयोग हुने खाना बनाउने भाडा ब्रतन्धको ब्यवस्था भएको कार्यक्रममा बोल्दै बुटवल ३ का कार्यबाहक अध्यक्ष सरस्वती कुवरले संस्थाले सामाजिक कामलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।

    संस्थाका सहसचिब कमल ढुंगानाको संचालनमा भएको कार्यक्रममा अध्यक्ष तथा सचिव कोषाध्यक्ष शिबप्रसाद शेरचन, संस्थापक कोषाध्यक्ष आनन्दभगत श्रेष्ठ,दिलिपकुमार कार्कि,लवकुश श्रेष्ठ,लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका रुपन्देही अध्यक्ष दीपक कार्की लगायतले बोलेका थिए । सो अबसरमा बोल्दै कावा अध्यक्ष रायमाझीले अब संस्थाको अर्को घडेरिमा ब्याडमिन्टन कोर्ट बनाउने,हालको भवनको ट्रष्ट थप्ने,भाडा बर्तन खरिद गर्ने,दैनिक योगको थालनि गर्ने बताउनु भयो ।

    बुटवल वडा नं. ३ का कार्यबाहक वडा अध्यक्ष सरस्वती कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । परिषदका १२८ जना आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology