Logo बिहिवार, आश्विन १ गते २०८३
images

शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच चार बुँदे सम्झौतामा हस्ताक्षर

शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच चार बुँदे सम्झौतामा हस्ताक्षर

  • 3.1K
    SHARES

  • शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच चार बुँदे सम्झौतामा हस्ताक्षर

    बुटवल,चैत १९ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।

    भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो ।उनीहरुले संयुक्त रुपमा  जयनगर–कुर्था अन्तरदेशीय रेल्वे सेवाको उद्घाटनका साथै भारतको सहयोगमा निर्माण भएको निर्माण भएको सोलु करिडोर विद्युत प्रशारण लाइनको पनि उद्घाटन गरेका छन् ।

    नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन :

    rail.jpgप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।


    कम्पनीले रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ । जयनगरमा प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो । दुबै देशका प्रधानमन्त्रीले रेल्वे उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology