Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लायन्स बुटवल खस्यौलीको अध्यक्षमा देवकोटा निर्वाचित

लायन्स बुटवल खस्यौलीको अध्यक्षमा देवकोटा निर्वाचित

  • 2.6K
    SHARES

  • लायन्स बुटवल खस्यौलीको अध्यक्षमा  देवकोटा निर्वाचित

    बुटवल,चैत्र १९ ।

    लायन्स क्लव अफ बुटवल खस्यौलीको अध्यक्षमा कमल देवकोटा निर्वाचित भएका छन् । क्लवको बुटवलमा सम्पन्न १३औ अधिवेसनबाट आगामी लायन्स बर्ष २०२२-०२३ को लागी देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

    आगामी कार्यकालको लागी प्रथम उपाध्यक्षमा मनोज पन्थ, द्धितिय उपाध्यक्षमा प्रेम प्रकाश श्रेष्ठ, तृतीय उपाध्यक्षमा बिकास गौतम निर्वाचित भएका छन् । यस्तै मेम्मसीप डाइरेक्टरमा सन्दिप पौडेल, क्लव मार्केटिङ्ग एण्ड कम्युनिकेशन च्यरपर्सनमा सुमन श्रेष्ठ, अन्तराष्ट्रिय निर्देशकमा अर्जुन क्षत्री, क्लव सर्भिस निर्देशकमा बिजय पन्थ र एलसीआइएफ निर्देशकमा चिरन भण्डारी निर्वाचति भएका छन् ।

    क्लवको टेलटुइस्टरमा प्रज्जवल चौधरी, टेमरमा बैकुण्ठ अधिकारी, सह–सचिवमा धुव्र श्रेष्ठ र सह–कोषाध्यक्षमा कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । लायन्स अन्तराष्ट्रियमा सचिव तथा कोषाध्यक्ष निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधान अनुसार सचिवमा अनिल पौडेल र कोषाध्यक्षमा राजु खत्री मनोनित भएको निर्वाचन आयुक्त राजु पौडेलले जानकारी दिए ।

    क्लवका अध्यक्ष बिष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा भएको निर्वाचन कार्यक्रममा लायन्स जिल्ला ३२५ बी२ का रिजन ४५ च्यरपर्सन गोपाल प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा रिजन च्यसपर्सन गोपाल प्रसाद पाण्डे, निर्वाचन आयुक्त राजु पौडेल, क्लवका पुर्व अध्यक्षहरु रितेश सिलवाल, बाबुराम बोहरा, सन्तोष कसौधन, गोपाल पान्डे, ज्ञानु पुन, बिकास अग्रवाल लगायतले शुभकामना दिनु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology