बुटवल,चैत्र १८ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि खाँणले कावा प्रधानमन्त्री पाएका हुन् ।
प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।
प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)