बुटवल,चैत १८ ।
बुटवल १२ मा अवस्थित नयाँगाँउ मुक्तिनाथधाममा महायज्ञ हुने भएको छ । यहि चैत्र २२ देखि २९ गतेसम्म श्रीमद् नारद पुराण अनुष्ठान हुने भएको हो । महायज्ञको तयारी तीब्र पारिएको छ ।
कोरोना महामारीका कारण प्रभाबित रहेको बार्षिक अनुष्ठान यसपटक चैत्र २२ देखि हुन लागेको संरक्षक स्वामि लोकानन्दले बताउनुभयो।
विश्व शान्तिका लागि आयोजित महायज्ञमा सहभागि हुन सबैलाइ मुक्तिनाथधामले अनुरोध समेत गरेको छ । श्रीमद् नारद पुराण अनुष्ठानमा भारतको बम्बैबाट आउनुभएका अन्तराष्ट्रिय कथाबाचक किरण कृष्णजी महाराजले कथा वाचन गर्ने कार्यक्रम छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)